दफा ३४४
गुठी सम्पत्तिको लाभ त्याग गर्न सक्ने

(१) निजी गुठीको हकमा करार गर्न योग्य भएको हितग्राहीले गुठी सम्पत्तिबाट प्राप्त गर्ने आफ्नो हक, लाभ, सुविधा वाहित गुठी सञ्चालक र पञ्जिकाधिकारीलाई लिखित रूपमा सूचना दिई आंशिक वा पूरै त्याग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गुठी सम्पत्तिबाट प्राप्त गर्ने हक, लाभ, सुविधा वा हित पूरै त्याग गरी कुनै हितग्राही बाँकीनरहेमा त्यस्तो गुठी विघटन भएको मानिनेछ ।